नियम
एक कार्यालयको लागि बढी कार्यक्षेत्र तोक्न सकिने

(१) नियम २ मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले एक भन्दा बढी क्षेत्र, अञ्चल, जिल्ला, जिल्लाको इलाका, नगर वा गाउ“ विकास समिति र वडाको कार्यक्षेत्रलाई एउटै कार्यालय प्रमुखको अधिकार क्षेत्रभित्र रहने गरी कार्यालय स्थापना गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कार्यालय स्थापना गर्दा देहायबमोजिमको व्यवस्था गर्नुपर्नेछः–

(क) एकभन्दा बढी जिल्लाको कार्यक्षेत्रलाई एउटै कार्यालय प्रमुखको अधिकार क्षेत्रभित्र रहने गरी कार्यालय स्थापना गर्दा प्रत्येक जिल्लाको लागि छुट्टा छुट्टै इकाई र बजेटको व्यवस्था गर्नुपर्नेछ । त्यस्तो कार्यालय जुन जिल्ला सदर मुकाममा स्थापना गरिने हो सो सदरमुकाम समेत तोक्नु पर्नेछ ।

(ख) एकभन्दा बढी अञ्चलको कार्यक्षेत्रलाई एउटै कार्यालय प्रमुखको अधिकार क्षेत्रभित्र रहने गरी कार्यालय स्थापना गर्दा प्रत्येक अञ्चलको लागि छुट्टा छुट्टै इकाई र बजेटको व्यवस्था गर्नुपर्नेछ । त्यस्तो कार्यालय जुन अञ्चल सदरमुकाममा स्थापना गरिने हो सो सदरमुकाम समेत तोक्नु पर्नेछ ।
(ग) एकभन्दा बढी क्षेत्रको कार्यक्षेत्रलाई एउटै कार्यालय प्रमुखको अधिकार क्षेत्र रहने गरी कार्यालय स्थापना गर्दा प्रत्येक क्षेत्रको लागि छुट्टा छुट्टै इकाई र बजेटको व्यवस्था गर्नुपर्नेछ । त्यस्तो कार्यालय जुन क्षेत्रीय सदरमुकाममा स्थापना गरिने हो सो सदरमुकाम समेत तोक्नु पर्नेछ ।